images
images

वैशाखमा बढ्यो घरजग्गा कारोबार, राजस्व संकलनमा पनि करिब एक चौथाईको वद्धि


  • 550
    SHARES
  • २०८१ जेठ ४ गते शुक्रबार

    वैशाखमा बढ्यो घरजग्गा कारोबार, राजस्व संकलनमा पनि करिब एक चौथाईको वद्धि

    काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को वैशाख महिनामा घरजग्गाको कारोबार बढेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७९/८० को तुलनामा यस वैशाख महिनामा १७.२४ प्रतिशतले घरजग्गाको कारोबार बढेको हो । 

    गत वैशाखमा देशभर ४२ हजार ४६१ वटा लिखतपारित भएका थिए । उक्त संख्या यसपटक बढेर ४९ हजार ७८२ पुगेको विभागको तथ्यांकमा जनाइएको छ । चालु आर्थिक वर्षको फागुन र चैतकाे तुलनामा भने घरजग्गाको कारोबार केही घटेको देखिन्छ । फागुनमा ५० हजार ९९८ वटा र चैतमा ४९ हजार १५० वटा कारोबार भएका थिए । 

    चालू आर्थक वर्षका विगतका महिनाहरुमा घरजग्गा काराेबार बढ्दै गर्दा पनि राजस्व संकलन भने घटेकाे थियाे । तर यस महिनामा भने काराेबार साथै राजस्व संकलन पनि बढेकाे छ । गत वैशाखकाे तुलनामा जग्गाको कारोबारबापत संकलन हुने राजस्व २४.४४ प्रतिशतले बढेकाे छ । गत वर्षको वैशाखमा ३ अर्ब १० कराेड रुपैयाँ राजस्व संकलन भएको थियो । जुन यसपटक बढेर ३ अर्ब ८६ कराेड रुपैयाँ पुगेकाे छ । 

    चालु आर्थिक वर्षको वैशाख महिनामा सबैभन्दा धेरै कारोबार भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीबाट भएको छ । सो कार्यालयबाट २०११ वटा लिखत पारित भएको तथ्यांकमा जनाइएको छ । त्यस्तै, भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम, भद्रपुर, बेलवारी, राजविराज, धनगढी, जलेश्वर, मलंगवा, पर्सा र सिराहाबाट पनि एक हजार भन्दा धेरै कारोबार भएका छन् । 


    images
    images

    Logo