images
images

चैत महिनामा घट्यो महंगी, सबैभन्दा धेरै मुद्रास्फीति पहाडमा


  • 391
    SHARES
  • २०८१ बैशाख ३० गते आइतबार

    चैत महिनामा घट्यो महंगी, सबैभन्दा धेरै मुद्रास्फीति पहाडमा

    काठमाडौं । चालु आर्थिक वर्षको चैत महिनामा मुद्रास्फीति (महंगी) घटेको छ । आर्थिक वर्ष २०७९/८० को सोही समयमा ७.७६ प्रतिशत रहेको उक्त दर यसपटक ४.६१ प्रतिशत मात्रै रहेको हो । 

    २०८० चैत महिनामा पहाडको मुद्रास्फीति सर्वाधिक ५.३३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त दर ७.०१ प्रतिशत रहेको थियो । हिमाली र तराई क्षेत्रमा मुद्रास्फीति क्रमशः ४.३२ प्रतिशत र ४.५८ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिमा उक्त दर क्रमशः  ७.४७ प्रतिशत र ७.६८ प्रतिशत रहेको थियो । 

    काठमाडौं उपत्यकाको मुद्रास्फीति यस चैतमा ४.०६ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उक्त दर ८.५७ प्रतिशत रहेको थियो । 


    images
    images

    Logo