images
images

मधेश प्रदेशको १० महिना : बजेटको १५.९६ प्रतिशतमात्रै खर्चिन सक्षम, विकास खर्चको अवस्था नाजुक


  • 479
    SHARES
  • २०८१ बैशाख २३ गते आइतबार

    मधेश प्रदेशको १० महिना : बजेटको १५.९६ प्रतिशतमात्रै खर्चिन सक्षम, विकास खर्चको अवस्था नाजुक

    काठमाडौं । चालू आर्थिक वर्षमा मधेश प्रदेशको बजेट कार्यान्वयनको गति सुस्त देखिएको छ । आर्थिक वर्ष सकिन साढे २ महिना भन्दा कम समय बाँकी रहँदा प्रदेशले ल्याएको समग्र बजेटको १५.९६ प्रतिशत मात्रै खर्चिन सक्षम भएको छ । 

    प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ को वैशाख २१ गते सम्ममा मधेश प्रदेश सरकारले १५.९६ प्रतिशत बजेट खर्च गरेको छ । ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार रुपैयाँको बजेट ल्याएको मधेशले वैशाख २१ गते सम्ममा ७ अर्ब ४ करोड १७ लाख ९३ हजार रुपैयाँ मात्रै खर्च गरेको छ । 

    मधेश प्रदेश सरकारले यस आर्थिक वर्षका लागि चालू खर्चभन्दा पुँजीगत खर्चका लागि बढी बजेट विनियोजन गरेको थियो ।  समग्र बजेटको कार्यान्वयन १५.९६ मात्रै रहँदा विकास खर्चको अवस्था भने झनै नाजुक रहेको छ । चालु आर्थिक वर्षको करिब १० महिना सकिँदा सम्म प्रदेश ११.९० प्रतिशत मात्रै पुँजीगत खर्चका लागि छुट्याइएको बजेट खर्चिन सक्षम भएको छ । विकास निर्माणका लागि प्रदेशले विनियोजन गरेको २५ अर्ब ५७ करोडमध्ये हालसम्म ३ अर्ब ४ करोड रुपैयाँ मात्र खर्च भएको छ । 

    चालु बजेट खर्चको अनुपात पुँजीगतको तुलनामा केही बढी छ । मधेश सरकारले वैशाख २१ गते सम्ममा ३ अर्ब ९९ करोड रुपैयाँ चालु खर्च गरेको छ । प्रदेशले गरेको उक्त खर्च सो कार्यका लागि विनियोजन गरिएको बजेटको २१.५५ प्रतिशत हो । मधेश प्रदेशले १८ अर्ब ५४ करोड रुपैयाँ चालु खर्चका लागि विनियोजन गरेको थियो ।

    madhesh pradesh.jpg
    स्राेत : प्रदेश लेखा नियन्त्रक कार्यालय


    images
    images

    Logo