images
images

आगामी आर्थिक वर्षमा लुम्बिनी प्रदेशको बजेट ३० प्रतिशतले घट्ने


  • 425
    SHARES
  • २०८१ बैशाख २३ गते आइतबार

    आगामी आर्थिक वर्षमा लुम्बिनी प्रदेशको बजेट ३० प्रतिशतले घट्ने

    काठमाडौं । चालू आर्थिक वर्षको तुलनामा लुम्बिनी प्रदेश सरकारको बजेट आगामी वर्ष ३० प्रतिशतले घट्ने भएको छ । आयस्रोत कम भएको र प्रशासनिक खर्च धान्नै मुस्किल पर्ने भएपछि कार्यान्वयनमा ल्याउन सक्षम रहने गरि ३० प्रतिशतले बजेट घटाइएको हो । 

    लुम्बिनी प्रदेश सरकार अन्तर्गको आर्थिक मामिला तथा योजना मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित १२ वटा मन्त्रालयलाई ३० प्रतिशतले बजेट सिलिङ घटाएर योजना बनाउनसमेत निर्देशन दिइसकेको छ । बजेट माग गर्दा अहिलेको बजेटमा पुँजीगततर्फ ७५ प्रतिशत र चालुमा ७० प्रतिशतभित्र रहेर योजना बनाउनसमेत मन्त्रालयलाई आग्रह गरिएको छ । 

    लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ का लागि ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । जसमा चालुतर्फ १३ अर्ब ६३ करोड ३० लाख ९९ हजार र पुँजीगतर्फ २३ अर्ब २५ करोड ६९ लाख १ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । त्यस्तै वित्तीय हस्तान्तरणका लागि ३ अर्ब ५८ करोड ९७ लाख अर्थात् ८.८७ प्रतिशत रहने अनुमान गरिएको छ । तर वित्तीय हस्तान्तरण अन्तर्गत ७४ प्रतिशत मात्रै रकम संघ सरकारबाट आएको छ । 

    कार्यसम्पादनमा सात प्रदेशमध्ये निकै कमजोर रहेको लुम्बिनी प्रदेशमा ९ महिनामा चैत मसान्तभित्र ३४.३० प्रतिशत मात्रै बजेट खर्च भएको छ । जसमा पुँजीगततर्फ ३२.९८ प्रतिशत र चालुतर्फ ३६.९ प्रतिशत बजेट खर्च भएको लुम्बिनी प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।


    images
    images

    Logo