काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सिमित रहने प्रक्षेपण गरेको छ । मंगलबार एसिया प्रशान्त क्षेत्रका देशको इकनोमिक आउटलुकमार्फत् आईएमफले पहिलेको भन्दा १.९ प्रतिशतले घटाएको प्रक्षेपण सार्वजनिक गरेको हो ।
गत अक्टोबरमा वल्र्ड इकोनोमिक आउटलुक मार्फत् ५ प्रतिशतले नेपालको अर्थतन्त्र बढ्ने प्रक्षेपण आईएमएफले गरेको थियो । तर, त्यस प्रक्षेपणलाई संशोधन गर्दै ३.१ प्रतिशत मात्र वृद्धिदर रहने अनुमान आईएमएफको रहेको छ ।
त्यस्तै, भारतको वृद्धिदर ७.३ रहने प्रक्षेपण गरिएको छ । वल्र्ड इकोनोमिक आउटलुकमा भारतको अर्थतन्त्रमा ६.८ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको थियो ।
यसअघि एडिबी र विश्व बैंकले २०२४ मा नेपालको आर्थिक वृद्धिदर क्रमशः ३.६ प्रतिशत र ३.३ प्रतिशत रहने प्रक्षेपण गरेको थियो ।



