images
images

चैतसम्ममा १ खर्ब ९४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात, कुन कति ?


  • 501
    SHARES
  • २०८१ बैशाख ९ गते आइतबार

    चैतसम्ममा १ खर्ब ९४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात, कुन कति ?

    काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ९ महिनामा १ खर्ब ९४ अर्ब रुपैयाँ बराबर रकमको पेट्रोलियम पदार्थ आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको आयात निर्यातको विवरण अनुसार असार देखि चैतसम्ममा १ खर्ब ९४ अर्ब ४८ करोड ९९ लाख रुपैयाँ बराबरको डिजेल, पेट्रोल र एलपीजी ग्यास अन्य देशबाट नेपाल आयात भएको हो । सो अवधिमा पेट्रोलियम पदार्थको आयातबापत ७६ अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन भएको छ । 

    कुन कति आयात ?

    चालु आर्थिक वर्षको चैतसम्ममा डिजेल सर्वाधिक आयात भएको वस्तुहरुको शिर्ष स्थानमा रहेको छ । ९ महिनाको अवधिमा १ अर्ब ३ अर्ब २२ करोड रुपैयाँ बराबर मूल्यमा ९ लाख ८६ हजार किलोलिटर डिजेल आयात भएको छ । सो परिमाण बराबरको डिजेल आयात गर्दा ३९ अर्ब ९८ करोड रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्यांकमा जनाइएको छ । 

    त्यस्तै, चैतसम्ममा ५० अर्ब २५ करोड रुपैयाँ बराबरको रकममा ५ लाख ६ हजार किलोलिटर पेट्रोल आयात गरिएको छ । सो परिमाणको पेट्रोल निर्यात गर्दा २८ अर्ब ९५ लाख रुपैयाँ राजस्व संकलन भएको छ । 

    सो अवधिमा ३९ करोड २३ लाख किलो एलपीजी ग्यास आयात भएको छ । ४१ अर्ब ७६ लाख रुपैयाँ बराबर रकममा सो परिमाणको ग्यास आयात गरिएको र त्यसबाट ७ अर्ब ६४ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको विभागको तथ्यांकमा जनाइएको छ । 

    आर्थिक वर्ष २०८०/८१ को पहिलो ९ महिनामा नेपालमा भारतबाट मात्रै डिजेल, पेट्रोल र एलपीजी आयात भएको छ । 

    Petroleum .jpg
    Source : Department of Customs


    images
    images

    Logo