images
images

चैतमा बढ्यो घरजग्गा कारोबार, राजस्व संकलन भने घट्यो


  • 443
    SHARES
  • २०८१ बैशाख ३ गते सोमबार

    चैतमा बढ्यो घरजग्गा कारोबार, राजस्व संकलन भने घट्यो

    काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को चैत महिनामा घरजग्गाको कारोबार बढेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७९/८० को तुलनामा यस चैत महिनामा २.२४ प्रतिशतले घरजग्गाको कारोबार बढेको हो । 

    गत चैत्रमा देशभर ४९ हजार १५० वटा लिखतपारित भएका थिए । उक्त संख्या यसपटक बढेर ५० हजार २५२ पुगेको विभागको तथ्यांकमा जनाइएको छ । चालु आर्थिक वर्षको फागुनको तुलनामा भने घरजग्गाको कारोबार केही घटेको देखिन्छ । गत महिनामा ५० हजार ९९८ वटा कारोबार भएका थिए । 

    जग्गाको कारोबार झिनो रुपमा बढेको भएतापनि जग्गाको कारोबारबापत संकलन हुने राजस्व भने १२.६३ प्रतिशतले घटेको छ । गत वर्षको चैतमा सो क्षेत्रबाट ४ अर्ब ५१ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । जुन यसपटक घटेर ३ अर्ब ९४ करोड रुपैयाँमा सिमित रहेको छ । 

    चालु आर्थिक वर्षको चैत महिनामा सबैभन्दा धेरै कारोबार भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीबाट भएको छ । सो कार्यालयबाट २०८२ वटा लिखत पारित भएको तथ्यांकमा जनाइएको छ । त्यस्तै, भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, जनकपुरधाम, बेलवारी, राजविराज, मलंगवा, सिराहा, जलेश्वर, लाहान र लगनखेलबाट पनि एक हजार भन्दा धेरै कारोबार भएका छन् । 


    images
    images

    Logo