काठमाडौं । चालू आर्थिक वर्षको फागुन मसान्तसम्म (८ महिना) मा करिब नौ अर्बको मसला भित्रिएको छ । ८ महिनामा कूल ८ अर्ब ८६ करोड ८५ लाख रुपैयाँको मसला आयात भएको केन्द्रीय भन्सार कार्यालयले जनाएको छ ।
जसमध्ये १ अर्ब ७१ करोड बराबरको १२ हजार ८९८.०७ मेट्रिक टन लसुन आयात भएको छ । १ अर्ब ७० करोड रुपैयाँ बराबरको ३ हजार ४४१.०५ मेट्रिक टन जिरा आयात भएको छ भने ५७ करोड ७२ लाख रुपैयाँ बराबरको ४ हजार ५१४.७६ मेट्रिक टन धनिया आयात भएको छ ।
यस्तै सोही अवधिमा १ अर्ब ५३ करोड ३१ लाख रुपैयाँ बराबरको ९५५.४० मेट्रिक टन सुकुमेल, १ अर्ब ८० करोड ४१ लाख रुपैयाँको ६ हजार ५०३.६३ मेट्रिक टन खुर्सानी २१ करोड ६४ लाख रुपैयाँ बराबरको १ हजार ५८.०५ मेट्रिक टन बेसार, २१ करोड ६५ लाख ७४ हजार रुपैयाँको २५७.५७ मेट्रिक टन ल्वाँङ, १९ करोड ९६ लाख ४६ हजार रुपैयाँको ४०४.२३ मेट्रिक टन मरिच आयात भएको छ ।
१८ करोड रुपैयाँ बराबरको ६२९.०६ मेट्रिक टन अदुवा ,११ करोड १५ लाख रुपैयाँको ४०८.३२ मेट्रिक टन दालचिनी र ८० करोड २७ लाख रुपैयाँ बराबरको अन्य मसलाहरु आयात भएको विभागकाे तथ्यांकमा जनाइएकाे छ ।



