काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ५ अर्ब ६३ करोड रुपैयाँको बजेट सिलिङ पाएको छ । राष्ट्रिय योजना आयोगले स्वास्थ्यलाई ५ अर्ब ६३ करोड रुपैयाँ भित्र रहेर कार्यक्रमहरु बनाउन बजेटको सीमा तोकेको हो ।
मन्त्रालयले चालु आर्थिक वर्षमा ५ अर्ब ६७ करोड ९८ लाख रुपैयाँ बजेट पाएको छ । आगामी आर्थिक वर्षका लागि स्वास्थ्यले चालु आर्थिक वर्षको बजेटभन्दा ४ करोड ९८ लाख रुपैयाँ कम बजेटको सिलिङ पाएको हो ।
कहाँ कति प्रस्ताव ?
मन्त्रालय– ७८ करोड ९ लाख
अतिरिक्त समूह – ११ करोड ५० लाख
सङ्घीय शासन प्रणाली व्यवस्थापन कार्यक्रम – २५ लाख
जिल्ला समन्वय समितिको कार्यालय – एक अर्ब २३ करोड ९० लाख
बहुक्षेत्रीय पोषण कार्यक्रम – ८ करोड (७ करोड २५ लाख वैदेशिक)
तराई मधेस समृद्धि कार्यक्रम – २ करोड ५४ लाख
प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम – ५१ करोड
उत्तरी क्षेत्र पूर्वाधार विकास तथा जीवनस्तर कार्यक्रम – २५ करोड (वैदेशिक)
साना विकास कार्यक्रम – २६ करोड २५ लाख (वैदेशिक)
नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम – ५० करोड ६० लाख
स्थानीय पूर्वाधार सहयोग कार्यक्रम – एक अर्ब एक करोड (एक अर्ब वैदेशिक सहयोग)
निजामती किताबखना – १८ करोड ७५ लाख
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान – १० करोड ७५ लाख
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान– २१ करोड ५० लाख
आदिवासी÷जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान – ७ करोड ५० लाख
निजामती कर्मचारी अस्पताल विकास समिति – २३ करोड



