images
images

८ महिनामा ६२ करोड ११ लाख रुपैयाँभन्दा बढीको यार्चागुम्बा निर्यात


  • 367
    SHARES
  • २०८० चैत्र ७ गते बुधबार

    ८ महिनामा ६२ करोड ११ लाख रुपैयाँभन्दा बढीको यार्चागुम्बा निर्यात

    काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्ममा ६२ करोड ११ लाख रुपैयाँभन्दा बढीको हिमाली क्षेत्रमा पाइने जडिबुटी ‘यार्चागुम्बा’ निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको आयात निर्यातको विवरण अनुसार फागुनसम्ममा ६२ करोड ११ लाख ८४ हजार रुपैयाँ बराबरमा १ हजार २७७ केजी यार्चागुम्बा नेपालबाट निर्यात भएको हो । 

    भन्सार विभागका अनुसार हङकङ, कम्बोडिया, चीन, दक्षिण कोरिया, मलेसिया, सिंगापुर, बेलायत, अमेरिका र भियतनाममा निर्यात भएको छ । सबैभन्दा धेरै चीनमा ५७१ किलो यार्चागुम्बा निर्यात भएको छ । त्यस्तै, हङकङमा ४१२ किलो यार्चा निर्यात भएको छ । 

    वैशाखदेखि असारसम्म हिमाली क्षेत्रमा संकलन हुने यार्चागुम्बा नेपालबाट निर्यात हुने प्रमुख वस्तुमध्ये एक हो ।


    images
    images

    Logo