images
images

८ महिनामा करिब ७ अर्ब रुपैयाँको गलैंचा निर्यात


  • 397
    SHARES
  • २०८० चैत्र ६ गते मंगलबार

    ८ महिनामा करिब ७ अर्ब रुपैयाँको गलैंचा निर्यात

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ८ महिनामा करिब ७ अर्ब रुपैयाँ बराबरको गलैंचा नेपालबाट निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ को फागुन महिनासम्ममा ६ अर्ब ९२ करोड ८५ लाख २७ हजार रुपैयाँ बराबरको गलैँचा निर्यात भएको हो । 

    नेपालबाट अन्य देशहरुमा आयात हुने वस्तुहरुमध्ये गलैंचा एक प्रमुख वस्तु हो । यस फागुनसम्ममा मात्रै नेपालबाट २ लाख ७६ हजार ९३७ पिस गलैंचा निर्यात भएको हो । सो परिमाणमा निर्यात हुँदै गर्दा नेपालमा ३३ लाख रुपैयाँ बराबरको गलैंचा आयात पनि भएको छ । फागुनसम्मा नेपालमा ३३ लाख ६१ हजार रुपैयाँ मूल्यमा १८ हजार ८२२ वर्ग मिटर गलैंचा आयात भएको तथ्यांकमा जनाइएको छ । 

    नेपालमा उत्पादन गरिएको गलैंचा मुख्यतः अमेरिका, जर्मनी, बेलायत, चीन, इटाली, फ्रान्स, बेल्जियम, क्यानडा, स्वीजरल्याण्ड, अष्ट्रेलिया लगायतका देशहरुमा निर्यात हुने गरेका छन् ।


    images
    images

    Logo