images
images

फागुनसम्ममा सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब, ८ महिनामा सरकारले लियो २ खर्ब बढी ऋण


  • 478
    SHARES
  • २०८० चैत्र ४ गते आइतबार

    फागुनसम्ममा सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब, ८ महिनामा सरकारले लियो २ खर्ब बढी ऋण

    काठमाडौं । नेपालको सार्वजनिक ऋण २३ खर्ब रुपैयाँ पुगेको छ । अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ को फागुन महिनासम्ममा नेपालले भुक्तानी गर्न बाँकी ऋण २३ खर्ब ८८ अर्ब २६ करोड रुपैयाँ पुगेको हो । 

    भुक्तानी गर्न बाँकी रहेको मध्ये ११ खर्ब ८५ अर्ब ५२ करोड रुपैयाँ आन्तरिक ऋण र १२ खर्ब २ अर्ब ७३ कारोड रुपैयाँ बाह्य ऋण रहेको कार्यालयको तथ्यांकमा जनाइएको छ । सो अवधिमा नेपालले १ खर्ब ७५ अर्ब ५१ करोड रुपैयाँ ऋण तिरेको छ । जसमध्ये आन्तरिक ऋणको सावाँब्याज गरि १ खर्ब ४६ अर्ब ६४ करोड रुपैयाँ र बाह्य तर्फको सावाँब्याज गरि २८ अर्ब ८६ करोड रुपैयाँ भुक्तानी गरिएको उल्लेख गरिएको छ । 

    चालु आर्थिक वर्षको फागुनसम्ममा सरकारले थप २ खर्ब १८ अर्ब ६६ करोड रुपैयाँ ऋण लिएको छ । त्यसमध्ये १ खर्ब ६३ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक ऋण र ५५ अर्ब ५५ करोड रुपैयाँ बाह्य ऋण रहेको तथ्यांकमा छ । 

    sarwajanik rin.jpg
    चालू आर्थिक वर्षमा सरकारले लिएकाे ऋण (कराेडमा), स्राेेेेेेत : सार्वजनिक ऋण व्यवस्थापन कार्यालय


    images
    images

    Logo