images
images

टिकटक खुला गर्ने इन्टरनेट कम्पनीसँग प्राधिकरणले माग्यो स्पष्टीकरण


  • 532
    SHARES
  • २०८० फाल्गुण १२ गते शनिबार

    टिकटक खुला गर्ने इन्टरनेट कम्पनीसँग प्राधिकरणले माग्यो स्पष्टीकरण

    काठमाडौं । टिकटक बन्द नगरेको भन्दै केही इन्टरनेट सेवा प्रदायक कम्पनीसँगै नेपाल दूरसञ्चार प्राधिकरणले स्पष्टीकरण मागेको छ। केही सेवा प्रदायकले टिकटक खुलाएको भन्दै प्राधिकरणले उनीहरूसँग जवाफ माग गरेको हो।

    सरकारको निर्णय कार्यान्वयन गर्न जारी भएको निर्देशन अटेर गरेका कम्पनी दूरसञ्चार ऐन २०५३ बमोजिम कारबाही गर्ने चेतावनीसमेत प्राधिकरणले दिएको छ ।

    नेपाल सरकार मन्त्रिपरिषद्को २०८०/०७/२७ गतेको बैठकले सामाजिक संजालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सदभाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको निष्कर्ष निकाल्दै नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने निर्णय गरेको थियो।


    images
    images

    Logo