images
images

२४.५ मेगावाटको दोभान खोला जलविद्युत् आयोजना बनाउँदै अपर स्याँङ्गे हाइड्रोपावर


  • 431
    SHARES
  • २०८० माघ २३ गते मंगलबार

    २४.५ मेगावाटको दोभान खोला जलविद्युत् आयोजना बनाउँदै अपर स्याँङ्गे हाइड्रोपावर

    काठमाडौं । अपर स्याँङ्गे हाइड्रोपावर लिमिटेडले दोभान खोला जलविद्युत् आयोजना बनाउने भएको छ । २४.४ मेगावाटको उक्त आयोजना निर्माणसम्बन्धी विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) तथा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) तयार भइ निर्माणको प्रकृया अघि बढेको हो । 

    डीपीआर र ईआईए सकिएसँगै विद्युत् विकास विभागले आयोजनाको सम्बन्धमा कुनै गुनासो भए उजुरी गर्न स्थानीय बासीका नाममा ३५ दिने सूचना जारी गरेको छ । यो अवधि समाप्त भइ प्राप्त उजुरी उपर कारवाही भएसँगै आयोजनासम्बन्धी सबै पूर्वकार्यहरु पूरा हुनेछन् । 

    कम्पनीले उक्त आयोजना २०८४ चैत्र सम्ममा सक्नेगरि प्रस्ताव गरेको छ । उक्त आयोजनाबाट वार्षिक १४४.२४ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान छ ।


    images
    images

    Logo