images
images

राष्ट्रिय ग्रिडमा जोडियो रानीजमरा सिँचाइ आयोजनाको बिजुली


  • 307
    SHARES
  • २०८० माघ १८ गते बिहीबार

    राष्ट्रिय ग्रिडमा जोडियो रानीजमरा सिँचाइ आयोजनाको बिजुली

    काठमाडौं । रानी जमरा कुलरिया सिँचाइ आयोजनाबाट उत्पादित ४.७१ मेगावाट बिजुली राष्ट्रिय ग्रिडमा जोडिएको छ । यो आयोजनाबाट वार्षिकरुपमा ४२ गिगावाट घण्टा बिजुली उत्पादन हुने छ ।

    यो आयोजनाबाट १२ महिना नै एकै परिणाममा बिजुली उत्पादन गर्न सकिने बताइएको छ । यो आयोजनाबाट पुस १७ गतेदेखि बिजुली उत्पादन थालिएको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले आयोजनाको उद्घाटन गरेका थिए ।

    यो आयोजनाको निर्माण २०६६/६७ सालमा सुरु भएको थियो । यो आयोजनाबाट सिँचाइसहित बिजुली समेत उत्पादन हुने भएपछि बहुउपयोगी आयोजनाका रूपमा रहेको छ । आयोजनाका इन्जिनियर वीरसिंह धामीका अनुसार यो आयोजनालाई व्यवस्थित गर्न सकेमा पश्चिम तराईको भरपर्दो बिजुलीको स्रोत बन्नेछ ।


    images
    images

    Logo