images
images

नागढुंगा सुरुङ मार्ग फागुन २३ मा ‘ब्रेक थ्रु’ गरिने


  • 397
    SHARES
  • २०८० माघ १४ गते आइतबार

    नागढुंगा सुरुङ मार्ग फागुन २३ मा ‘ब्रेक थ्रु’ गरिने

    काठमाडौं । काठमाडौंलाई पश्चिमी जिल्लासँग जोड्ने मुख्य राजमार्गको रुपमा रहेको पृथ्वी राजमार्गमा पर्ने सिस्नेखोला नागढुंगा सुरुङको ‘ब्रेक थ्रु’ फागुनको तेस्रो सातासम्ममा हुने भएको छ । नागढुंगा सुरुङ परियोजनाका निमित्त आयोजना प्रमुख गोविन्द डुमारुका अनुसार यही फागुन २३ गते उक्त सुरुङ छिचोलिने गरि काम अगाडि बढाइएको हो । 

    ‘हाम्रो लक्ष्य ६ मार्चका दिन ‘ब्रेक थ्रु’ गर्ने छ,’ उनले भने, योजनाअनुसार काम भयो भने सोही दिन मुख्य टनेल छेड्ने काम सम्पन्न हुनेछ ।’

    आयोजनाले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार अब सुरुङ खन्न ५४.६० मिटरमात्र बाँकी छ । यहाँ मुख्य टनेलतर्फ कुल २ हजार ६ सय ८८ मिटर लामो सुरुङ बन्दैछ । जसमध्ये मंगलबारसम्म २ हजार ६ सय ३३.४० मिटर सुरुङ खनिएको छ । यो आयोजनाको रेस्क्यु टनेल ‘ब्रेक थ्रु’ यअघि नै भइसकेको छ ।

    यहाँ २ हजार ५ सय ५७ मिटर लामो रेस्क्यु टनेल छ । जसको ७ अगस्ट २०२३ मा ‘ब्रेक थ्रु’ भएको थियो । सुरुङतर्फको भौतिक प्रगति ९९ प्रतिशत पुगेको छ । अब एक प्रतिशत काम सकिएपछि सुरुङ वारपार खनेर सकिने छ ।


    images
    images

    Logo