काठमाडौं । मातृभूमि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सिसुवा खोला जलविद्युत् आयोजना बनाउने भएको छ । १३.५ मेगावाटको उक्त आयोजना निर्माणसम्बन्धी विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) तथा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) तयार भइ निर्माणको प्रकृया अघि बढेको हो ।
डीपीआर र ईआईए सकिएसँगै विद्युत् विकास विभागले आयोजनाको सम्बन्धमा कुनै गुनासो भए उजुरी गर्न स्थानीय बासीका नाममा ३५ दिने सूचना जारी गरेको छ । यो अवधि समाप्त भइ प्राप्त उजुरी उपर कारवाही भएसँगै आयोजनासम्बन्धी सबै पूर्वकार्यहरु पूरा हुनेछन् ।
कम्पनीले उक्त आयोजना २०२७ जुलाई सम्ममा सक्ने प्रस्ताव गरेको छ । उक्त आयोजनाबाट वार्षिक ७९.८८ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान छ ।