images
images

सानिमा बैंकको नाफा ११.४१ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी कति ?


  • 383
    SHARES
  • २०८० माघ ७ गते आइतबार

    सानिमा बैंकको नाफा ११.४१ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी कति ?

    काठमाडौं । सानिमा बैंकको नाफा ११.४१ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको विवरण अनुसार पहिलो ६ महिनासम्मा बैंकले  १ अर्ब १३ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत बर्षको तुलनामा ११.४१ प्रतिशतले कम हो । गत बर्षको सोही अवधिमा १ अर्ब २८ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

    बैंकको खुद व्याज आम्दानी ३ अर्ब १ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब २१ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

    पुस मसान्तसम्म बैंकको ६५ करोड १४ लाख ६० हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ४६ करोड ३२ लाख ६४ हजार रुपैयाँ रहेको छ ।

    पुसको अन्त्यसम्ममा बैंकले १ खर्ब ८३ अर्ब निक्षेप संकलन गरेको १ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।  प्रति सेयर आम्दानी १६ रुपैयाँ ८१ पैसा रहेको बैंकको प्रति सेयर नेटवर्थ १४५ रुपैयाँ ०२ पैसा रहेको छ ।

     

     


    images
    images

    Logo