काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा १३ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको विवरण अनुसार पहिलो ६ महिनासम्मा बैंकले १ अर्ब ८० करोड रुपैयाँ नाफा कमाएको छ । यो गत बर्षको तुलनामा १३.४६ प्रतिशतले कम हो । गत बर्षको सोही अवधिमा २ अर्ब ८ करोड रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको खुद व्याज आम्दानी ७ अर्ब ५४ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब १८ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।
यस्तै, बैंकको वितरणयोग्य मुनाफा पनि १ अर्ब ९५ करोड रुपैयाँ ऋणत्मक रहेको छ । हाल बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड रुपैयाँ छ । पुसको अन्त्यसम्ममा बैंकले ३ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब १२ अर्ब कर्जा लगानी गरेको छ।
बैंकको प्रतिशेयर आम्दानी १० रुपैयाँ ५६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ भने १७० रुपैयाँ ७० पैसा रहेको छ ।



