images
images

एनएमबि बैंकले कमायो १ अर्ब ३७ करोड नाफा, अन्य सुचक कस्तो छ ?


  • 397
    SHARES
  • २०८० माघ ७ गते आइतबार

    एनएमबि बैंकले कमायो १ अर्ब ३७ करोड नाफा, अन्य सुचक कस्तो छ ?

    काठमाडौं । एनएमबि बैंकले १ अर्ब ३७ करोड नाफा कमाएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको विवरण अनुसार पहिलो ६ महिनासम्मा बैंकलेसो रुपैयाँ बराबको नाफा कमाउन सफल भएको हो । गत बर्षको तुलनामा बैंकको नाफा २७.६२ प्रतिशत कमी हो । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले १ अर्ब ९० करोड ११ लाख रुपैयाँ नाफा कमाएको थियो ।

    बैंकको खुद व्याज आम्दानी ३ अर्ब ७४ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब २६ करोड  रहेको थियो । पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९९ करोड ४८ लाख रुपैयाँ ऋणात्मक रहेको छ । 

    पुसको अन्त्यसम्ममा बैंकले २ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।  हाल बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ छ । 

    बैंकको प्रतिशेयर आम्दानी १४  रुपैयाँ ९८ पैसामा रहेको छ। त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १३.४८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ९६ पैसा रहेको छ।

     

     


    images
    images

    Logo