images
images

सिटिजन्स बैंकले कमायो ७८ करोड २७ लाख नाफा, प्रति शेयर आम्दानी कति ?


  • 339
    SHARES
  • २०८० माघ ७ गते आइतबार

    सिटिजन्स बैंकले कमायो ७८ करोड २७ लाख नाफा, प्रति शेयर आम्दानी कति ?

    काठमाडौं । सिटिजन्स बैंकले ७८ करोड २७ लाख रुपैयाँ नाफा कमाएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको विवरण अनुसार पहिलो ६ महिनासम्मा बैंकले सो रकम बराबरको नाफा कमाउन सफल भएको हो । गत वर्षको तुलनामा ६.९६ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८४ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

    बैंकको खुद व्याज आम्दानी २ अर्ब ८३ करोड रुपैयाँ रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ८४ करोड रुपैयाँ रहेको थियो । पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २१ करोड ३० लाख रुपैयाँ ऋणात्मक रहेको छ।

    हाल यसको चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा ६ अर्ब ७७ करोड रुपैयाँ सञ्चित रहेको छ । पुसको अन्त्यसम्ममा बैंकले १ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

    यस बैंकको प्रतिसेयर आम्दानी ८३ पैसाले घटेर ११ रुपैयाँ २ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ २० पैसा रहेको छ ।


    images
    images

    Logo