images
images

नेपाल एसबिआई बैंकको नाफा २८ प्रतिशतले घट्यो, अन्य सुचक कस्तो छ ?


  • 293
    SHARES
  • २०८० माघ ७ गते आइतबार

    नेपाल एसबिआई बैंकको नाफा २८ प्रतिशतले घट्यो, अन्य सुचक कस्तो छ ?

    काठमाडौं । नेपाल एसबिआई बैंकको नाफा २८ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको विवरण अनुसार पहिलो ६ महिनासम्मा बैंकले ८४ करोड ५ लाख ४१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.६० प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १७ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको थियो।

    बैंकको खुद व्याज आम्दानी २ अर्ब ६५ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ६७ करोड रहेको थियो । पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४९ करोड ५५ लाख ८७ हजार रुपैयाँ रहेको छ । 

    पुसको अन्त्यसम्ममा बैंकले १ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। दोस्रो त्रैमाससम्ममा प्रभु बैंकको चुक्ता पुँजी १० अर्ब १२ करोड ६ लाख २८ हजार रुपैयाँ छ । 

    बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ६१ पैसामा रहेको छ। त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १८.६६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ९२ पैसा रहेको छ।

     


    images
    images

    Logo