images
images

प्रभु बैंकको नाफा ३९ प्रतिशतले घट्यो, प्रति शेयर आम्दानी कति ?


  • 424
    SHARES
  • २०८० माघ ७ गते आइतबार

    प्रभु बैंकको नाफा ३९ प्रतिशतले घट्यो, प्रति शेयर आम्दानी कति ?

    काठमाडौं । प्रभु बैंकको नाफा ३९ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको विवरण अनुसार पहिलो ६ महिनासम्मा बैंकले ७२ करोड ३ लाख  रुपैयाँ नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.९७ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १९ करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 

    बैंकको खुद व्याज आम्दानी ४ अर्ब ७६ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ३९ करोड रुपैयाँ बराबरको खुद व्याज आम्दानी गरेको थियो । पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ र्ब ८६ करोड रुपैयाँ ऋणात्मक रहेको छ । बैंकको सञ्चालन नाफा ५.७७ प्रतिशतले बढेर १ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । 

    दोस्रो त्रैमाससम्ममा प्रभु बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ ०२ पैसाले घटेर ६ रुपैयाँ १२ पैसामा सीमित भएको छ । त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात  २६.९३ गुणा रहेको छ भने  प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ २ पैसा छ । 

     


    images
    images

    Logo