images
images

हिमालयन बैंकको नाफा ५७ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ?


  • 656
    SHARES
  • २०८० माघ ७ गते आइतबार

    हिमालयन बैंकको नाफा ५७ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ?

    काठमाडौं । हिमालयन बैंकको नाफा ५७ प्रतिशतले बढेको छ ।  चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको विवरण अनुसार पहिलो ६ महिनासम्मा बैंकले १ अर्ब ५० करोड ३९ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत बर्षको तुलनामा ५७.५३ प्रतिशतले बढी हो । गत बर्षको सोही अवधिमा ९५ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो । 

    बैंकको खुद व्याज आम्दानी ५अर्ब ८२ करोड रुपैयाँ रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ६४ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो । पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ५२ करोड ऋणत्मक रहेको छ । 

    हाल यसको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा १७ अर्ब ९८ करोड रुपैयाँ सञ्चित छ। पुसको अन्त्यसम्ममा बैंकले २ खर्ब ९८ अर्ब  रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

    बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ८९ पैसा रहेको छ । त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १५.०५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ १७ पैसा रहेको छ।

     


    images
    images

    Logo