images
images

नबिल बैंकले कमायो ३ अर्ब २० करोड नाफा, वितरणयोग्य मुनाफा कति ?


  • 757
    SHARES
  • २०८० माघ ७ गते आइतबार

    नबिल बैंकले कमायो ३ अर्ब २० करोड नाफा, वितरणयोग्य मुनाफा कति ?

    काठमाडौं । नबिल बैंकले  ३ अर्ब २० करोड रुपैयाँ बराबरको नाफा कमाएको छ ।   चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको विवरण अनुसार पहिलो ६ महिनासम्मा बैंकले सो रकम बराबरको नाफा कमाउन सफल भएको हो । गत वर्षको तुलनामा ६.१५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

    बैंकको खुद व्याज आम्दानी ८ अर्ब २४ करोड रुपैयाँ रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ७ अर्ब ८३ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो । पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८ करोड ७८ लाख रुपैयाँ रहको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा ७ रुपैयाँ ६२ पैसा रहेको छ।

    २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २८ अर्ब २५ करोड ७७ लाख रुपैयाँ सञ्चित छ। पुसको अन्त्यसम्ममा बैंकले ४ खर्ब २८ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ६२ अर्ब ८७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

    बैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ६८ पैसा रहेको छ। त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २०.८३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०४ रुपैयाँ ४४ पैसा रहेको छ।

     

     


    images
    images

    Logo