images
images

निष्क्रिय कर्जा बढ्दा ग्लोबल आईएमई बैंकको नाफा वृद्धिमा धक्का 


  • 424
    SHARES
  • २०८० माघ ७ गते आइतबार

    निष्क्रिय कर्जा बढ्दा ग्लोबल आईएमई बैंकको नाफा वृद्धिमा धक्का 

    काठमाडौं । निष्क्रिय कर्जा अनुपातमा वृद्धि हुँदा ग्लोबल आईएमई बैंकको नाफा वृद्धिमा धक्का लागेको छ । आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तिय विवरण अनुसार सो बैंकको नाफा २ अर्ब ४ करोड रुपैयाँ देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको नाफा २ अर्ब ७८ करोड रहेको थियो । यो २६.६२ प्रतिशतको गिरावट हो । 

    बैंकको निष्क्रिय कर्जा यो अवधिमा ४.६८ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यो अनुपात २.९२ प्रतिशत रहेको थियो । निष्क्रिय कर्जाका अनुपात बढे पनि यसका लागि छुट्याइएको रकमको अनुपात भने यो अवधिमा बढेको छ । बैंकले निष्क्रिय कर्जाको १०१ प्रतिशत बराबर रकम प्रोभिजन गरेको जनाएको छ । यो अवधिमा बैंकले ४ अर्ब १३ करोड रुपैयाँ बराबरको रकम इम्पेरिमेन्ट चार्ज बापत प्रोभिजन गरेको छ ।  

    बैंक अफ काठमाडौंलाई अक्वायर गरेको ग्लोबल आईएमई बैंकको यो अवधिमा कर्मचारी खर्च र अन्य सञ्चालन खर्च स्वभाविक रुपमा बढेको छ । त्यस्तै, बैंकको खुद ब्याज आम्दानी र खुद शुल्क तथा कमिसन आम्दानीमा समेत उल्लेख्य वृद्धि देखिएको छ । 

    बैंकसङ्ग हाल ४ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप र ३ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा लगानी छ । 

    बैंकको पुँजी कोष अनुपात १२.३७ प्रतिशत छ जुन सहज अवस्था हो । बैंकको कस्ट अफ फन्ड ७.७१ प्रतिशत, सीडी अनुपात ८०.०४ प्रतिशत र औषत आधार दर ९.६० प्रतिशत रहेको छ । यो आधार दर अघिल्लो आवको सोही अवधिको भन्दा १.२० प्रतिशत विन्दुले कम हो ।


    images
    images

    Logo