images
images

एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९० करोड, प्रति शेयर आम्दानी कति ?


  • 512
    SHARES
  • २०८० माघ ७ गते आइतबार

    एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९० करोड, प्रति शेयर आम्दानी कति ?

    काठमाडौं । एनआईसी एशिया बैंकले १ अर्ब ९० करोड रुपैयाँ नाफा कमाएको छ ।  चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको विवरण अनुसार पहिलो ६ महिनासम्मा बैंकले सो रकम बराबरको नाफा कमाउन सफल भएको हो । गत वर्षको तुलनामा  ४१.८४ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

    बैंकको खुद व्याज आम्दानी ५ अर्ब ५४ करोड रुपैयाँ रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब १५ करोड रुपैयाँ रहेको थियो । खुद व्याज आम्दानी १०.१३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १६.३५ प्रतिशत बढेको छ।

    पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ५९ करोड २२ लाख रुपैयाँ ऋणात्मक रहको छ। गत आर्थिक वर्षको मुनाफाबाट २९ प्रतिशत बोनस शेयर वितरण गरी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी पुर्याएको यस बैंकको जगेडा कोषमा १५ अर्ब ६७ करोड ८३ लाख रुपैयाँ सञ्चित छ। 

    पुसको अन्त्यसम्ममा बैंकले ३ खर्ब ८१ अर्ब २६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ९३ अर्ब ८० करोड रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको प्रतिशेयर आम्दानी २५ रुपैयाँ ५२ पैसामा रहेको छ। त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १९.९७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ १० पैसा रहेको छ।

     

     

     


    images
    images

    Logo