images
images

कुमारी बैंकको नाफा १४ प्रतिशतले घट्यो, अन्य सुचक कस्तो छ ?


  • 418
    SHARES
  • २०८० माघ ७ गते आइतबार

    कुमारी बैंकको नाफा १४ प्रतिशतले घट्यो, अन्य सुचक कस्तो छ ?

    काठमाडौं । कुमारी बैंकको नाफा १४ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको विवरण अनुसार पहिलो ६ महिनासम्मा बैंकले  ८६ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.३१ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको थियो।

    बैंकको खुद व्याज आम्दानी ५ अर्ब ७२ करोड  रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ४ अबृ २४ करोड रहेको थियो । खुद व्याज आम्दानी ३५.०१ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १३१.४४ प्रतिशत बढेको छ।

    पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ७७ करोड रुपैयाँ ऋणात्मक रहको छ। २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ९ अर्ब ६५ करोड ६३ लाख रुपैयाँ सञ्चित छ। पुसको अन्त्यसम्ममा बैंकले ३ खर्ब १८ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७५ अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

    बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ १० पैसा घटेर ६ रुपैयाँ ६१ पैसामा झरेको छ। त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २४.११ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ८२ पैसा रहेको छ।

     

     

     

     


    images
    images

    Logo