images
images

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा १० करोड २ लाख रुपैयाँ, अन्य सुचक कस्तो छ ?


  • 426
    SHARES
  • २०८० माघ ६ गते शनिबार

    सांग्रिला डेभलपमेन्ट बैंकको नाफा १० करोड २ लाख रुपैयाँ, अन्य सुचक कस्तो छ ?

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले १० करोड २ लाख रुपैयाँ नाफा कमाएको छ ।  चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको विवरण अनुसार पहिलो ६ महिनासम्मा बैंकले सो रकम बराबरको नाफा कमाउन सफल भएको हो । यो गत वर्षको तुलनामा ३९.८२ प्रतिशतले कम हो ।  गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १६ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। 

    बैंकको खुद व्याज आम्दानी ९४ करोड ६३ लाख रुपैयाँ रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ९१ करोड ३५ लाख रुपैयाँ रहेको थियो । खुद व्याज आम्दानी ३.५९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ४१.४० प्रतिशत बढेको छ। 

    पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २१ करोड ३६ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा १२ रुपैयाँ ४५ पैसा ऋणात्मक रहेको छ।
     
    ३ अर्ब ४३ करोड ९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब ११ करोड १२ लाख रुपैयाँ सञ्चित छ। पुसको अन्त्यसम्ममा बैंकले ५१ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४१ अर्ब ६३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

    कम्पनीको प्रति सेयर आम्दानी ५ रुपैयाँ ८४ पैसामा झरेको छ। त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ५४.७७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ३९ पैसा रहेको छ।

     

     


    images
    images

    Logo