images
images

महालक्ष्मी विकास बैंकको नाफा १२ प्रतिशतले घट्यो, वितरणयोग्य नाफा कति ? 


  • 384
    SHARES
  • २०८० माघ ६ गते शनिबार

    महालक्ष्मी विकास बैंकको नाफा १२ प्रतिशतले घट्यो, वितरणयोग्य नाफा कति ? 

    काठमाडौं । महालक्ष्मी विकास बैंक नाफा १२ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको विवरण अनुसार पहिलो ६ महिनासम्मा बैंकले २७ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.०३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३१ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    बैंकको खुद व्याज आम्दानी ८९ करोड २४ लाख रुपैयाँ रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ४ करोड रुपैयाँ रहेको थियो । खुद व्याज आम्दानी १४.५३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ३३.९३ प्रतिशत बढेको छ। 

    पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ६ करोड ८३ लाख रुपैयाँ रहको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा ३ रुपैयाँ २८ पैसा रहेको छ।

    ४ अर्ब १७ करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब २५ करोड ४० लाख रुपैयाँ सञ्चित छ। पुसको अन्त्यसम्ममा बैंकले ५३ अर्ब ४ करोड रुपैयाँ निक्षेप संकलन गरी ४० अर्ब ५० करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

    कम्पनीको प्रति सेयर आम्दानी १३ रुपैयाँ ३३ पैसामा झरेको छ। त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २५.५८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ५४ रुपैयाँ ४ पैसा रहेको छ।


    images
    images

    Logo