images
images

नेपाल बैंकको नाफा ४९ प्रतिशतले घट्यो, प्रति शेयर आम्दानी कति ?


  • 498
    SHARES
  • २०८० माघ ६ गते शनिबार

    नेपाल बैंकको नाफा ४९ प्रतिशतले घट्यो, प्रति शेयर आम्दानी कति ?

    काठमाडौं । नेपाल बैंकको नाफा ४९ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको विवरण अनुसार पहिलो ६ महिनासम्मा बैंकले ५९ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.५८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

    बैंकको खुद व्याज आम्दानी ४ अर्ब ६३ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ८४ करोड रहेको थियो । खुद व्याज आम्दानी  २०.४० प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३७.८१ प्रतिशत बढेको छ।

    पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ५६ करोड ९० लाख रुपैयाँ ऋणात्मक रहेको छ । १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २२ अर्ब ४४ करोड ५० लाख रुपैयाँ सञ्चित छ। पुसको अन्त्यसम्ममा बैंकले २ खर्ब ५८ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८१ अर्ब ५५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

    नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ७ रुपैयाँ ९० पैसा घटेर ८ रुपैयाँ ३ पैसामा झरेको छ। त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २९.३७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २५२ रुपैयाँ ५४ पैसा रहेको छ।

     

     


    images
    images

    Logo