images
images

माछापुच्छ्रे बैंकको नाफा घट्यो, प्रति शेयर आम्दानी कति ?


  • 379
    SHARES
  • २०८० माघ ५ गते शुक्रबार

    माछापुच्छ्रे बैंकको नाफा घट्यो, प्रति शेयर आम्दानी कति ?

    काठमाडौं । माछापुच्छ्रे बैंकको नाफा घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको विवरण अनुसार पहिलो ६ महिनासम्मा बैंकले ८० करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.४५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

    बैंकको खुद व्याज आम्दानी २ अर्ब ६३ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ७९ करोड रहेको थियो । खुद व्याज आम्दानी  ५.५६ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ६।५५ प्रतिशत घटेको छ। 

    त्यस्तै, सञ्चालन मुनाफा १ अर्ब २७ करोड रहेको छ । पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २४ करोड ६९ लाख रुपैयाँ ऋणात्मक रहको छ ।  बैंकले पुस मसान्तसम्ममा १ खर्ब ५२ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २९ अर्ब ९१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। 

    सो बैंकको चुक्ता पूँजी ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ रहेको छ । यस बैंकको जगेडा कोषमा ५ अर्ब २२ करोड ६६ लाख रुपैयाँ सञ्चितमा छ। नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ १३ पैसा घटेर १३ रुपैयाँ ८६ पैसामा पुगेको छ। त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १४.६५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ४५ रुपैयाँ रहेको छ।

     

     

     


    images
    images

    Logo