काठमाडौं । आरएसडिसी लघुवित्तको नाफा १२ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको विवरण अनुसार पहिलो ६ महिनामा ६ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.७३ प्रतिशत कम हो । गत वर्षको सोही अवधिमा लघुवित्तले ७ करोड ९४ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
पुस मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी १२ करोड २० लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले १४ करोड ७५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
६ महिनाको अवधिमा लघुवित्तको नेट फि एण्ड कमिसन आम्दानी ८१ लाख २ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १३ करोड ८ लाख रुपैयाँ, सञ्चालन नाफा ९ करोड ९० लाख रुपैयाँ रहेको छ ।
संस्थाको वितरण योग्य नाफा ४ करोड ७४ लाख रुपैयाँ रहेको छ । सो लघुवित्तको चुक्ता पूँजी ८६ करोड ९५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १२ करोड १० लाख रुपैयाँ सञ्चित छ । लघुवित्तको प्रतिसेयर आम्दानी १५.९४ रुपैयाँ, प्रति सेयर नेटवर्थ १३१.०१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३६.०७ गुणा छ ।



