काठमाडौं । मिर्मिरे लघुवित्तको नाफा ४१ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको विवरण अनुसार पहिलो ६ महिनामा ३ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.४८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै लघुवित्तको खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २५.८४ प्रतिशत घटेर १७ करोड ८५ लाख रुपैयाँमा रहेको छ भने गत वर्षको सोही अवधिमा लघुवित्तको यस्तो आम्दानी २४ करोड ७ लाख रुपैयाँ रहेको थियो ।
पुस मसान्तसम्ममा लघुवित्तको वितरण योग्य मुनाफा १ करोड ९८ लाख रुपैयाँ रहेको छ। लघुवित्तको सञ्चालन मुनाफा ४१.४८ प्रतिशत घटेर ४ करोड ८५ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो मुनाफा ८ करोड ३० लाख रुपैयाँ रहेको थियो ।
यसैगरी, नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ७ रुपैयाँ ५७ पैसा घटेर १० रुपैयाँ २२ पैसामा आएको छ । पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ६१.०६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १ सय ६४ रुपैयाँ ४१ पैसा रहेको छ।
सो लघुवित्तको चुक्ता पूँजी ६६ करोड ५७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४२ करोड ८८ लाख रुपैयाँ सञ्चित छ।



