images
images

पुसमा बढ्यो घरजग्गा कारोबार, राजस्व भने घट्यो


  • 390
    SHARES
  • २०८० माघ २ गते मंगलबार

    पुसमा बढ्यो घरजग्गा कारोबार, राजस्व भने घट्यो

    काठमाडौं । गत आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८०/८१ को पुस महिनामा घरजग्गाको कारोबार बढेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० को पुसको तुलनामा चालु वर्षको पुसमा कारोबार १६.४८ प्रतिशतले बढेको हो । 

    गत पुसमा देशभर ३८ हजार ८७१ कित्ता जग्गा लिखत पारित भएको थियो जुन यस वर्ष बढेर ४५ हजार २७७ को संख्यामा पुगेको छ । चालु वर्षको मंसिरको तुलनामा जग्गाको कारोबार ८.१८ प्रतिशतले बढेको तथ्यांकमा देखिन्छ । गत महिनामा ४१ हजार ८५१ वटा कारोबार भएका थिए । 

    जग्गाको कारोबार बढेपनि कारोबारबापत राज्यलाई प्राप्त हुने राजस्व भने १३.७४ प्रतिशतले घटेको छ । गत वर्षको सोही महिनामा उक्त क्षेत्रबाट ३ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । जुन यस पुसमा घटेर ३ अर्ब २० करोड रुपैयाँ पुगेको हो । 

    गत महिनाको तुलनामा जग्गा कारोबारबापतको राजस्व यस महिना ११.८८ प्रतिशतले बढेको छ । सो महिनामा २ अर्ब ८६ करोड रुपैयाँ राजस्व उठेको थियो । 

    चालु आर्थिक वर्षको पुस महिनामा सर्वाधिक लिखत पारित भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीबाट भएको छ । उक्त कार्यालयबाट १९३७ कारोबार भएका छन् । भ्रपुर र मोरङ कार्यालयबाट क्रमशः १७४३ र १६५० कारोबार भएका छन् । 

    त्यस्तै, भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम, राजविराज, जलेश्वर, महोत्तरी, मलंगवा र  तौलिहवाबाट पनि हजार भन्दा धेरै कारोबार पुस महिनामा भएका छन् ।


    images
    images

    Logo