काठमाडौं । पाँच महिनाको अवधिमा राष्ट्रियस्तरका ८ वटा विकास बैंकहरुले २ अर्ब बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार आर्थिक बर्षको पाँच महिनासम्ममा ८ वटा विकास बैंकहरुले २ अर्ब १६ करोड २३ लाख रुपैयाँ नाफा कमाएका हुन् । कात्तिक मसान्तसम्ममा भने १ अर्ब ४५ करोड रुपैयाँ नाफा कमाएका थिए ।
यसरी धेरै नाफा आर्जन गर्नेहरुमा शिर्ष स्थानमा मुक्तिनाथ विकास बैंक रहेको छ । मुक्तिनाथ विकास बैंकले यो अवधिमा ४५ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यस्तै, गरिमा विकास बैंकले ३८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । शाइन रेसुङ्गाले ३० करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ ।
यसैगरी लुम्बिनी विकास बैंकले २४ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छ भने महालक्ष्मी विकास बैंकले २१ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
त्यस्तै,ज्योति विकास बैंकले १९ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छ भने कामना सेवा विकास बैंकले १९ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सांग्रिला डेभलपमेन्ट बैंकले १५ करोड ५६ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ ।
कुन बैंकको नाफा कति ?




