काठमाडौं । पाँच महिनाको अवधिमा वाणिज्य बैंकहरुले २८ अर्ब बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार आर्थिक बर्षको पाँच महिनासम्म वाणिज्य बैंकहरुको कुल २८ अर्ब ३६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।
यो अवधिमा १४ वटा वाणिव्य बैंकहरुले अर्व बढी खुद नाफा आर्जन गरेका छन् । जसमध्ये सबैभन्दा धेरै नबिल बैंकले खुद नाफा कमाएका छन् । नबिल बैंकले २ अर्ब ९६ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
त्यस्तै, त्यसैगरी, ग्लोबल आइएमई बैंक र नेपाल ईन्भेष्टमेन्ट मेगा बैंकले क्रमशः २ अर्ब ७३ करोड ७९ लाख र २ अर्ब ६० करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । कृषि विकास बैंक १२ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । एनआईसी एशिया बैंकले १ अर्ब ८५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ भने प्रभु बैंकले १ अर्ब ४९ करोड रुपैयाँ नाफा कमाएको छ ।
एभरेष्ट बैंकले १ अर्ब ४० करोड रुपैयाँ कमाउँदा एनएमबि बैंकले १ अर्ब ४५ करोड रुपैयाँ नाफा कमाएको छ । प्राइम कमर्सियल बैंकले १ अर्ब ९२ करोड रुपैयाँ नाफा कमाएको छ भने हिमालयन बैंकले १ अर्ब ८० करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।
त्यस्तै, राष्ट्रिय बाणिज्य बैंकले १ अर्ब ४१ करोड रुपैयाँ कमाउँदा कुमारी बैंकले १ अर्ब ३० करोड रुपैयाँ नाफा आर्जन गरेको छ । नेपाल बैंकले १ अर्ब २१ करोड रुपैयाँ नाफा जोड्दा स्ट्याण्डर्ड चाटर्ड बैंकले एक अर्ब २५ करोड रुपैयाँ नाफा कमाएको छ ।
सानिमा बैंकले १ अर्ब ७ करोड रुपैयाँ नाफा कमाएको छ भने नेपाल एसबिआई बैंकले ७० करोड रुपैयाँ आर्जन गरेको छ । लक्ष्मी सनराइज बैंकले ८९ करोड रुपैयाँ नाफा कमाउँदा सिटिजन्स बैंकले ७४ करोड रुपैयाँ नाफा जोड्न सफल भएको छ । माछापुच्छ्रे बैंकले ७६ करोड रुपैयाँ रुपैयाँ जोडेको छ । सिद्धार्थ बैंकले भने ६२ करोड रुपैयाँ नाफा जोडेको छ ।
कुन बैंकको नाफा कति ?




