काठमाडौं । माघ महिनाका लागि अधिकांश वाणिज्य बैंकले निक्षेपको व्याजदर घटाएका छन् । माघ १ गतदेखि लागु हुनेगरि अधिकांश वाणिज्य बैंकले निक्षेपको व्याजदर घटाएका हुन् । योसँगै सवै वाणिज्य बैंकको निक्षेपतर्फको व्याजदर पूर्ण रुपमा एकल अंकमा झरेको हो ।
नेपाल राष्ट्र बैंकले असोजमा मौद्रिक समीक्षा गर्दै नीतिगत तथा बैंक दर घटाएको थियो। त्यसपछि वाणिज्य बैंकहरुले पनि ब्याज घटाउँदै आएका थिए। माघ १ गतेदेखि लागू हुनेगरि बैंकहरुले थप ब्याज दर घटाएका हुन्। जस अनुसार १८ बैंकले ब्याजदर घटाएका छन् भने २ वटा बैंकको ब्याजदर स्थिर रहेको छ। एभरेष्ट बैंक र एनएमबि बैंकले ब्याजदर स्थिर राखेका हुन् । यी बाहेक अन्य १८ बैंकले भने ब्याजदर घटाएका छन् ।
व्यक्तिगत मुद्दति निक्षेपमा कृषि विकास बैंकले माघमा अधिकतम ७.२६ प्रतिशत, ग्लोबल आइएमई ८.१ प्रतिशत, हिमालयन ८.१५ प्रतिशत, कुमारीले ८.११ प्रतिशत, लक्ष्मी सनराइजले ८ प्रतिशत, नबिलले ८.१ प्रतिशत, नेपाल एसबीआई बैंकले ८.२५ प्रतिशत, एनआईसी एसियाले ८।०६५ प्रतिशत, प्रभुले पनि ८.०६५ प्रतिशत, प्रइमले ८.१ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ८.०७ प्रतिशत, सानिमाले ८.१५ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्डले ८.०७ प्रतिशत दिने भएका छन्।
पुसमा व्यक्तिगत मुद्दति निक्षेपमा कृषि विकास बैंकले अधिकतम ९.०१२ प्रतिशत, ग्लोबल आइएमई ८.६ प्रतिशत, हिमालयन ८.६०३ प्रतिशत, कुमारीले ८.६ प्रतिशत, लक्ष्मी सनराइजले ९ प्रतिशत, नबिलले ८.६ प्रतिशत, नेपाल एसबीआई बैंकले ९.६ प्रतिशत, एनआईसी एसियाले ८.६७ प्रतिशत, प्रभुले ९ प्रतिशत, प्राइमले ८१० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ८.६१ प्रतिशत, सानिमाले ९ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्डले ८.५६ प्रतिशत दिने भएका छन्।
एभरेस्ट र एनएमबि बैंकले भने पुसकै ब्याजदरलाई निरन्तर दिने भएका छन्। पुसमा व्यक्तिगत मुद्दतिमा अधिकतम ८ प्रतिशत र एनएमबिले ९ प्रतिशत दिएका थिए। अब माघमा पनि यही ब्याजदर लागू हुनेछ।



