images
images

सहकारी महासङ्घको अध्यक्षमा मल्ल


  • 436
    SHARES
  • २०८० पौष २९ गते आइतबार

    सहकारी महासङ्घको अध्यक्षमा मल्ल

    काठमाडौं । राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा ओमदेवी मल्ल चयन भएकी छन् । महासंघको ३१औँ वार्षिक साधारण सभाले मल्लको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरेको हो ।

    साधारण सभाबाट वरिष्ठ उपाध्यक्षमा रमेशप्रसाद पोखरेल, उपाध्यक्षमा खेमबहादुर पाठक, डीबी बस्नेत र इन्दिरा पन्त सर्वसम्मत भएका छन् ।

    यसअघिसम्म महासंघमा एक वरिष्ठ उपाध्यक्ष र दुई उपाध्यक्ष रहने व्यवस्था भए पनि ३१औँ साधारण सभामार्फत् विधान संशोधन गर्दै तीनजना उपाध्यक्ष रहने व्यवस्था गरेको हो । 

    महासंघको सञ्चालकमा टेकप्रसाद चौलागाईँ, हुमाकुमारी जिसी (अन्जु), बद्रीप्रसाद लम्साल, काशीचन्द्र बराल, परितोष पौड्याल, हरिहरनाथ योगी, माधवप्रसाद जोशी, शम्भुप्रसाद, छत्रप्रसाद रिमाल, पार्वती न्यौपाने, टीका न्यौपाने, नथुनी यादव, प्रेमप्रसाद सुवेदी जैसी, सुमन नेपाल, होमनाथ जैसी, एकता शाह, योगमाया सुवेदी, शारदा दाहाल, कमलाकुमारी सुवेदी पौडेल चयन भएका छन् ।

    महासंघको तीन सदस्यीय लेखा सुपरीवेक्षण समितिमा संयोजकमा भीम तुलाचनसहित सदस्यमा अमरनाथ न्यौपाने र हेमकुमारी अधिकारी निर्विरोध निर्वाचित भएका छन् । 


    images
    images

    Logo