images
images

सिबिफिनका अध्यक्ष गोल्यानले दिए राजीनामा, नयाँ अध्यक्षमा पौडेल


  • 388
    SHARES
  • २०८० पौष २६ गते बिहीबार

    सिबिफिनका अध्यक्ष गोल्यानले दिए राजीनामा, नयाँ अध्यक्षमा पौडेल

    काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष पवन गोल्यानले आफ्नो पदबाट राजीनामा दिएका छन् । परिसंघको बुधबार बसेको वैठकले गोल्यानको राजीनामा स्वीकृत गरेको हो । 

    एनएमबी बैंकको आसन्न साधारण सभाबाट बैंकको सञ्चालक समितिबाट अलग हुन गइरहेको पूर्वजानकारी सहित संस्थाको विधानको भावना र मर्मलाई आत्मसात गर्दै पदीय आचरण र नैतिकताका आधारमा गोल्यानले अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

    निवर्तमान अध्यक्ष गोल्यानकै विशेष अगुवाईमा वि.सं २०७६ सालमा सिबिफिन स्थापना भएको थियो । नेपालको बैंकिङ क्षेत्रमा दुई दशकभन्दा लामो अवधिदेखि निरन्तर क्रियाशील हुँदै आएका गोल्यानको नेपालको बैंकिङ क्षेत्रको विकास एवं विस्तारमा अतुलनीय योगदान रहेको सिबिफिनले जनाएको छ । 

    यसैबीच रिक्त हुन आएको अध्यक्ष पदमा नबिल बैंकका अध्यक्ष तथा सिबिफिनको कार्यसमिति सदस्य उपेन्द्र पौडेल चयन भएका छन् । 

    पौडेल विगत तीन दशकदेखि बैंकिङ क्षेत्रमा क्रियाशील छन् ।  सन् १९८६ मा स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ सेवामा प्रवेश गरेका पौडेलले एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत कुशलतापूर्वक निर्वाह गरेका थिए । 

    एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश लिए पश्चात  उनी नबिल बैंकको सञ्चालक हुँदै हाल अध्यक्षको जिम्मेवारीमा रहेका हुन् । 


    images
    images

    Logo