images
images

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण र सञ्चालनको जिम्मा भरतपुर महानगरलाई


  • 466
    SHARES
  • २०८० पौष २६ गते बिहीबार

    गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण र सञ्चालनको जिम्मा भरतपुर महानगरलाई

    काठमाडौं । विगत केही सकयदेखि अलपत्र परेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि बाटो खुलेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रङ्गशालालाई बाग्मती प्रदेश सरकारसँगको साझेदारीमा बनाउन चितवनको भरतपुर महानगरपालिकालाई सहमति दिएको हो ।

    भरतपुर महानगरपालिकालाई रङ्गशाला निर्माण, सञ्चालन र व्यवस्थापनका लागि सहमति दिइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । भरतपुर महानगरले तयार गरेको लागत इस्टिमेट अनुसार राष्ट्रियस्तरका खेल खेल्न मिल्ने बनाउन एक अर्ब रुपैयाँ लाग्ने देखिएको छ ।

    चन्दा उठाएर रङ्गशाला निर्माण शुरु गरेको धुर्मुस सुन्तली फाउन्डेसनले १९ करोड ऋण लागेको भन्दै दुई वर्षअघि निर्माणको काम त्यसै छाडेको थियो । त्यसपछि रङ्गशाला अलपत्र छ । अब ठेक्का आह्वान गरेर निर्माणको काम अघि बढाउन बाटो खुलेको छ ।

    सरकारले गौतम बुद्धसहित तीन वटा क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनामा राखेको छ ।


    images
    images

    Logo