images
images

अवरुद्ध नागढुंगा सुरुङको निर्माण पुनः सुचारु


  • 363
    SHARES
  • २०८० पौष २४ गते मंगलबार

    अवरुद्ध नागढुंगा सुरुङको निर्माण पुनः सुचारु

    काठमाडौं । अवरुद्ध नागढुंगा सुरुङको निर्माण पुनः सुचारु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले आन्दोलनरत स्थानीयसँग छलफल गरेर जग्गाको स्वामित्व र मुआब्जा समस्याको विवाद सुल्झाएपछि अवरुद्ध नागढुंगा सुरुङ मार्गको निर्माण कार्य आजदेखि पुनः सुरु भएको हो । 

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आन्दोलनरत स्थानीयसीसँग छलफल गरेपछि अवरुद्ध सुरुङ मार्गको काम पुनः सुरु भएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए । 

    नागढुंगा सुरुङ मार्गको धादिङ साइडमा जग्गाको स्वामित्व र मुआब्जा समस्या देखाउँदै स्थानीयबासीले निर्माण कार्य रोकेका थिए। आन्दोलनरत जग्गाधनीलाई सिंहदरवार बोलाएर मन्त्री ज्वालाले छलफल गरेका थिए । पूर्वसांसद भूमि त्रिपाठीसहितको टोली सिंहदरवार पुगेको थियो । सुरुङ मार्गको धादिङ खण्डमा पर्ने जग्गा नेपाल सरकारको हुने कि स्थानीयबासीको हुने भन्ने विवादले कंक्रिट लाइनिङको काम रोकिएको थियो । 

    सडक विभागले सडक र नाली सुधार गर्ने, जग्गाको स्वाभित्व सम्बन्धी विवाद मालपोत कार्यालय धादिङलाई राखेर जिल्ला प्रशासन कार्यालयमा छलफल गर्ने सहमति भएपछि निर्माण कार्य सुरु हुने भएको छ । स्थानीय बासीले अबरोध गरेपछि सुरुङ भित्रको कंक्रेटि लाइनिङ गर्ने कार्य अवरुद्ध बनेको थियो ।

    मन्त्री ज्वालाले जग्गाको स्वामित्व र मुआब्जा समस्या कानुनको दायराभित्र रहेर खोज्ने बताएपछि स्थानीयबासीले सुरुङमार्गको निर्माण कार्य नरोक्ने प्रतिवद्धता जनाएको सडक विभाग वैदेशिक शाखाका प्रमुख विजय जैसीले बताए ।


    images
    images

    Logo