images
images

नेपाल पुनर्बीमा कम्पनीको १५ लाख कित्ता सस्थापक शेयर बेच्दै विशाल ग्रुप 


  • 367
    SHARES
  • २०८० पौष २४ गते मंगलबार

    नेपाल पुनर्बीमा कम्पनीको १५ लाख कित्ता सस्थापक शेयर बेच्दै विशाल ग्रुप 

    काठमाडौं । विशाल ग्रुपले नेपाल पुनर्बीमा कम्पनीको १५ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । ग्रुपले कम्पनीमा रहेको आफ्नो स्वामित्वको १५ लाख कित्ता सेयर बिक्रीमा राखेको हो ।

    मंगलबारदेखि इच्छुक अन्य संस्थापकहरुले सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । सो सेयरमा न्यूनतम मूल्य प्रतिकित्ता ३२५ रुपैयाँ तोकिएको छ ।

    बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले एक सूचना जारी गर्दै खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीबाट आवेदन माग गरेको छ । एक लगानीकर्ताले न्यूनतम २ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । क्यापिटलको कार्यालय थापाथलीमा माघ २९ गतेसम्म आवेदन दिन सकिने छ ।

     

     

     

     


    images
    images

    Logo