images
images

बैंकिङ प्रणालीबाट ३५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक


  • 411
    SHARES
  • २०८० पौष २४ गते मंगलबार

    बैंकिङ प्रणालीबाट ३५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक

    काठमाडौं ।  बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले ३५ अर्ब तरलता खिच्ने भएको छ । आज निक्षेप संकलन उपकरण बोलकबोल मार्फत ३५ अर्ब तरलता खिच्न लागेको राष्ट्र बैंकले जनाएको हो । 

    १४ दिनका लागि बैंकिङ प्रणालीबाट उक्त तरलचा खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । राष्ट्र बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । साँवा र ब्याज भुक्तानी मिति माघ ९ गते हुनेछ । 

    यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

    आज १० अर्बको निक्षेप संकलन उपकरण परिपक्व हुँदै गर्दा ३५ अर्बको निक्षेप संकलन उपकरण बोलकबोल मार्फत राष्ट्र बैंकले तरलता खिचेको हो ।

     

     


    images
    images

    Logo