images
images

१७ अर्बको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक, ४ अर्बको नयाँ 


  • 417
    SHARES
  • २०८० पौष २२ गते आइतबार

    १७ अर्बको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक, ४ अर्बको नयाँ 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले १७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । बैंकले सोमबार सो रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको हो । 

    बैंकले ९१ दिनको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, १८२ दिनको लागि ९ अर्ब रुपैयाँ नयाँ ट्रेजरी बिल जारी गर्ने भएको छ भने जसमा ३ अर्बको नयाँ जारी गर्नेछ भने बाँकी ६ अर्बको नवीकरणको लागि बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । 

    उक्त ट्रेजरी विल ९१ दिनको चैत २७ गते परिपक्क हुनेछ । त्यस्तै, १८२ दिनको आगामी असार २६ गते परिपक्क हुनेछ । यो ट्रेजरी विल सोमबार दिउँसो २ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।

    एक वर्ष वा त्यसभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र ट्रेजरी बिल हो । ट्रेजरी बिल अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमका हुन्छन् ।

     


    images
    images

    Logo