काठमाडौं । चालु आर्थिक बर्ष २०८०/८१ को मसिंर महिनासम्ममा र्जीवन बीमा कम्पनीहरुले ६१ अर्ब ७४ करोडमाथिको बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार यी कम्पनीहरुले मंसिर महिनासम्ममा १ करोड ३७ लाख ५४ हजार ४ सय ८३ वटा बीमा पोलिसी विक्री गरी ६१ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।
यस अवधिमा सबैभन्दा धेरै कुल बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इस्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा १६ अर्ब ७६ करोड ८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । दोस्रोमा नेशनल लाइफ रहेको कम्पनीले अवधिमा ७ अर्ब १६ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । एलआइसी नेपालले यस अवधिमा ६ अर्ब ९२ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।
त्यस्तै, हिमालयन लाइफले ६ अर्ब ७९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ५२ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । सूर्यज्योति लाइफले ३ अर्ब ४५ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । एशियन लाइफले ३ अर्ब २ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।
त्यसैगरी सानिमा रिलायन्स लाइफले २ अर्ब ३६ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । सिटिजन लाइफले २ अर्ब २३ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । मेट लाइफले २ अर्ब १९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले १ अर्ब ६७ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।
आइएमई लाइफले १ अर्ब ६३ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले १ अर्ब ५३ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । सन नेपाल लाइफले १ अर्ब ४४ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।



