images
images

जलविद्युत आयोजनाहरुलाई १५ दिनभित्र रोयल्टी फरफारक गर्न निर्देशन 


  • 398
    SHARES
  • २०८० पौष २० गते शुक्रबार

    जलविद्युत आयोजनाहरुलाई १५ दिनभित्र रोयल्टी फरफारक गर्न निर्देशन 

    काठमाडौं । विद्युत विकास विभागले जलविद्युत आयोजनाका प्रवर्द्धकहरुलाई रोयल्टी बक्यौता १५ दिनभित्र फरफारक गर्न निर्देशन दिएको छ। विभागले सूचना जारी गर्दै आयोजनाका प्रवर्द्धकहरुलाई (१ मेगावाटभन्दा बढी जडित क्षमता भएका आयोजनाहरु) गत वर्षको रोयल्टी फरफारक गर्न १५ दिनको समयावधि दिइएको हो ।

    यो नियम १ मेगावाट भन्दामाथि जडित सवै क्षमताका जलविद्युत आयोजनाहरुको हकमा लागु हुन्छ भने विद्युत् ऐन २०४९ तथा विद्युत नियमावली २०५० अनुसार विद्युत् उत्पादनको अनुमति पाएका संस्थाले रोयल्टी बुझाउनु पर्छ ।

    यस्तो रोयल्टी अहिले तीन वटै तहका सरकारमा बाँडफाँट समेत हुने गरेको छ । विभागले गत आर्थिक बर्षसम्म जडित क्षमता तथा ऊर्जा बिक्री वापतको रकम फरफारक गर्न भनेको हो ।

    त्यसो नगरे नेपाल विद्युत् प्राधिकरणबाट आयोजनाको विद्युत ऊर्जा बिक्रीबाट हुने भुक्तानीबाट कट्टा गरी बक्यौता असुल गरिने समेत विभागले सूचित गरेको छ ।

     


    images
    images

    Logo