images
images

काठमाडौं–हेटौंडा जोड्ने सबैभन्दा छोटो बाटो आजदेखि चैतसम्म बन्द


  • 1.0K
    SHARES
  • २०८० पौष २० गते शुक्रबार

    काठमाडौं–हेटौंडा जोड्ने सबैभन्दा छोटो बाटो आजदेखि चैतसम्म बन्द

    मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने छोटो दूरीको सडकखण्ड भीमफेदी–दक्षिणकाली खण्डमा आजदेखि सवारी आवागमन बन्द गरिएको छ ।
      
    दक्षिणकाली नगरपालिकाअन्तर्गत पर्ने सो खण्डमा आजदेखि सडक स्तरोन्नतिको काम सुरु हुने भएकाले आगामी चैत ३० गतेसम्म सडक बन्द रहने भएकाले सो मार्ग हुँदै यात्रा गर्ने यात्रुले वैकल्पिक मार्गको प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले आग्रह गरेको छ ।
       
    हाल काठमाडौँसम्म यात्रा गर्नका लागि कुलेखानी–चित्लाङ हुँदै काठमाडौँ पुग्ने बाटो र कान्तिलोकपथ खुला रहेको मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार नारायणगढ मुग्लिन सडकखण्ड हुँदै पनि काठमाडौँ जान सकिनेछ ।


    images
    images

    Logo