images
images

सन्तोषजनक काम नगरेको भन्दै सरकारले माग्यो ९ निर्माण कम्पनीसँग स्पष्टीकरण


  • 338
    SHARES
  • २०८० पौष १९ गते बिहीबार

    सन्तोषजनक काम नगरेको भन्दै सरकारले माग्यो ९ निर्माण कम्पनीसँग स्पष्टीकरण

    काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले काम सन्तोषजनक नभएको भन्दै नौ वटा निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेको छ ।

    स्पष्टीकरण मागिएकाहरुमा काठमाडौंको पुष्पाञ्जली कन्स्ट्रक्सन एण्ड सप्लायर्स, सुर्खेतको न्यु भेरी इञ्जिनियरिङ वर्कसप, भारत नयाँदिल्लीको आराभाली इन्फ्रापावर, काठमाण्डौको प्रनिश इन्टरनेशनल प्रालि, काठमाडौंकै कोशी निर्माण सेवा, दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकोन प्राइभेट लिमिटेड, उदयपुरको मामा भान्जा निर्माण सेवा, काठमाण्डौको सत्यस्वरी कन्स्ट्रक्सन प्रालि र पाँचखाल कन्ट्रक्सन प्रालि रहेका छन् ।

    विभिन्न सार्वजनिक निकायहरुबाट कालोसूचीमा राखिदिन सिफारिस भएपछि शुरुमा ३० दिनको मौका दिएर स्पष्टीकरण माग गरिएकोमा त्यसको समयअवधि पूरा गरेपछि अहिले थप ७ दिने स्पष्टीकरण मागिएको कार्यालयले जनाएको छ । 

    1.JPG

    2.JPG


    images
    images

    Logo