images
images

शिवशिखर सहकारीका बचतकर्ताहरुलाई मागदावी पेश गर्न आग्रह


  • 437
    SHARES
  • २०८० पौष १८ गते बुधबार

    शिवशिखर सहकारीका बचतकर्ताहरुलाई मागदावी पेश गर्न आग्रह

    काठमाडौं । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताले आफ्नो बचत रकम मागदावी अनलाइनबाट गर्न पाउने भएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले शिवशिखरका बचतकर्तालाई अनलाइन मागदाबी आवेदन पेश गर्न आह्वान गरेको हो । 

    बचतकर्ताहरुले आगामी ३५ दिनभित्र अनलाइन मागदाबी आवेदनमार्फत सप्रमाण दाबी गर्नुपर्ने कार्यालयले जनाएको छ । त्यसका लागि समितिको वेबसाइटमा आफूले पाउनुपर्ने रकम खुलाएर आवेदन दिनुपर्नेछ ।  

    सूचनामा भनिएको छ, ‘सहकारी ऐन, २०७४ को दफा १०५ बमोजिम शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको लागि यस समितिसमक्ष लेखी आएकोले सोही ऐनको दफा ११२ बमोजिम समस्याग्रस्त संस्था वा संघका सदस्य बचतकर्ता तथा साहुहरुलाई आफूले पाउनुपर्ने रकमको यस समितिको वेबसाइटमा गई यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र अनलाइन मागदाबी आवेदनमार्फत सप्रमाण दाबी पेश गर्नुहुन सम्बन्धित सरोकारवालाहरुको नाममा यो सूचना प्रकाशित गरिएको छ ।’

    मन्त्रालयले गत भद्रौ २५ गते सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम शिवशिखरलाई समस्याग्रस्त घोषणा गरेको थियो ।

    Shiva shikhar maagdaabi.JPG


    images
    images

    Logo